अमृत भनी विष पिलायौ तर म मरिन
मुटुभित्र आगो लगायौ तर म जलिन
झोपडीलाई रुवाइ तिमी महलसँग हाँस
म मरुँला आँसु पिएर तिमी खुशी भइ बाँच
माया भनी घृणा गर्यौ सानो म भइन
सागर बीच छोडिदियौ तर म डुबिन
मुटुभित्र आगो लगायौ तर म जलिन
कसम सारा बिर्सी अब संसार अर्कै बसाऊ
कहिले काँही याद आए प्रेमकै मूर्ति पूटाऊ
माया भनी घृणा गर्यौ सानो म भइन
जीवनदेखि भाग्न लगायौ तर म भागिन
मुटुभित्र आगो लगायौ तर म जलिन