Apsarako Rup Hamro - Meena Niraula, Angela Singh Shrestha
अप्सराको रुप हाम्रो (धान) - मीना निरौला, एन्जला सिंह श्रेष्ठ

गायक: मीना निरौला, एन्जला सिंह श्रेष्ठ
सङ्गीत: आभास
Lyrics
Nepali
Transliterated

अप्सराको रुप हाम्रो कसले हाम्लाई चिन्ने
हामी नै हो फल्ने फुल्ने चिजका बिउ बिन्ने

कालोमाटो जमोठलाई हामी दिन्छौं फोरी
स्वर्ग मधुर बर्साइ बर्साइ बिजुली झल्का चोरी
प्रकृतिको पहिलो बोली हामीहरू सुन्ने
सुन बाला खेती गर्ने हाम्लाई कसले चिन्ने

अर्को छैन हामीलाई इनामको आशा
फलाउनु र बाला दिनु हाम्रो जीवन भाषा
काम गर्नु गाना बजाइ शिशु आङ्मा धरी
बिजुली र बर्सा सँगी हामी नेपाल परी