बाबाले भन्थे आशिस मेरो सम्झेर फर्कियोस्
आमाले भन्थिन् नि दशधारा दूध सम्झेर फर्कियोस्
दाजुले भन्थे घर र बारी सम्झेर फर्कियोस्
भाउजूले भन्थिन् नि लाला र बाला सम्झेर फर्कियोस्
भाइले भिन्थे गाई र गोठ सम्झेर फर्कियोस्
प्रियाले भन्थिन् नि गहको आँसु सम्झेर फर्कियोस्
दिदीले भन्थिन् भाइटीकालाई सम्झेर फर्कियोस्
बैनीले भन्थिन् नि गोदाबरी फूल सम्झेर फर्कियोस्
साथीले भन्थे सोरठी भाखा सम्झेर फर्कियोस्
गाउँलेले भन्थे नि गाउँघरको माया सम्झेर फर्कियोस्
बाबाले भन्थे कम्पनी मोहोर मलाई चाहिँदैन
आमाले भन्थिन् नि लुर्केसुन कानमा मलाई चाहिँदैन
दाजुले भन्थे रेडुई बाजा मलाई चाहिँदैन
भाउजूले भन्थिन् नि कम्पनी हारी मलाई चाहिँदैन
भाइले भन्थे घडी र जर्किन मलाई चाहिँदैन
प्रियाले भन्थिन् नि हातमा बाला मलाई चाहिँदैन
दिदीले भन्थिन् रेशमी सारी मलाई चाहिँदैन
बैनीले भन्थिन् नि तौलीको बर्को मलाई चाहिँदैन
छोरीले भन्थिन् ताइकुचिन चोली मलाई चाहिँदैन
साथीले भन्थे नि बुटजुत्ता जर्सी हामीलाई चाहिँदैन
जन्मेको गाउँ जन्मेको ठाउँ जन्मेको दलान
का’ हुन्छ आफ्नो घरगाउँ जस्तो अर्काको आँगन
यो ज्यान यसै नफाल खेर विदेशको धावैमा
लडी र जुझी खनी र खोस्री बाँचौला गावैमा
पसिना बगाई छराँैला बीउ डाँडा र पाखैमा
मरिएछ भने मरौला बरु आमाको काखैमा