Bairoad ko Batoma - Hiranya Bhojpure
बाइरोडको बाटोमा - हिरण्य भोजपुरे
Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'
Original Singer: Pandav Sunuwar

मूल गायन: पाण्डव सुनुवार
Lyrics
Nepali
Transliterated

घर मेरो, यहाँ होइन चरिकोट
चरिकोटमा, क्या राम्रो फूलको बोट
ट्याक्सी गुडाउँदै,
बाईरोडको बाटोमा धुलो उडाउँदै

तिम्रो घर त्यहीँ तल होइन र
तिम्ले मलाई, चिनेको छैन र
ट्याक्सी गुडाउँदै,
बाईरोडको बाटोमा धुलो उडाउँदै

मेरो मायाँ, छ भने तेता
पानी खाने,
निहुँ पारि आऊ यता
ट्याक्सी गुडाउँदै,
बाईरोडको बाटोमा धुलो उडाउँदै

सर सर मदानी सरर
पोइको घर, नजाने को छ र
ट्याक्सी गुडाउँदै,
बाईरोडको बाटोमा धुलो उडाउँदै