Bhokai Marne - Aavaas, Meena Niraula, Yogendra Upadhyay
भोकै मर्ने - आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Manjul: Paleti with Songs and Poems of Manjul - September 2019'
Singer: Aavaas, Meena Niraula, Yogendra Upadhyay
Composer: Raamesh
Lyricist: Manjul
Original Singer: Manjul

गायक: आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
सङ्गीत: रामेश
शब्द: मंजुल
मूल गायन: मंजुल
Lyrics
Nepali
Transliterated

भोकै मर्ने महाकविका पेटका सारङ्गीहरु
हाम्रा गीतहरू
नाङ्गै मर्ने गाइने दाइका झुत्रा लुगाहरू
हाम्रा गीतहरू

भित्ता र पर्खालहरूका
रेखा र रङगहरूका
मुटु ताछ्ने कथाहरू जस्ता टुहुरा चित्रकारहरू
हाम्रा गीतहरू
गल्ली गल्लीमा मिल्किएका
वास्ता नगरिएका बरु हेला गरिएका मूर्तिकारहरू
हाम्रा गीतहरू

क्रन्दन अनि क्रन्दनहरूसँग
जताततै छरिएका कविहरू
हाम्रा गीतहरू
नमर्दै पुरिएका तर जिउँदा चिहानका आवाजहरू
हाम्रा गीतहरू