Birseko Bhaye Purano Kura - Shantanu Kumar Limbu
बिर्सेको भए पुरानो कुरा - शान्तनु कुमार लिम्बु
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'
Composer: Bachchu Kailash
Lyricist: M. B. B. Shah
Original Singer: Bachchu Kailash

सङ्गीत: बच्चुकैलाश
शब्द: म.बि.बि. शाह
मूल गायन: बच्चुकैलाश
शान्तनु कुमार लिम्बू मनिपुरबाट पलेँटी कस्न काठमाडौं आउनुभयो । उहाँ आफूलाई imature कलाकार भन्नु हुन्छ तर उहाँको प्रस्तुतिमा रहेको आकर्षण बेजोड थियो । अग्रजका सृजना सम्झने क्रममा उहाँको भनाइ थियो- 'बच्चु कैलाशको पुस्ताका गीत हामी भारतेली नेपालीका निम्ति गीत मात्र हैनन्; आफ्नो भाषा र जरासँगको मधुर सम्बन्ध पनि हो ।'
Lyrics
Nepali
Transliterated

बिर्सेको भए बितेका कुरा पापीको मनले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले
लेकाली फूल शीतका थोपा फूलका मुनाले
बिउँझायो होला सुतेको माया बिहानी पखले

त्यो मुटुबीच गडेको याद जमेको हिउँले
सम्झायो होला पुरानो माया चर्केको घामले
उडेको देखी जुरेली जोडी आकाश रङ्गले
बिउँझायो होला सुतेको माया साँझको यामले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले

सुतेको बेला सपना देखी खुलेको आँखाले
सम्झायो होला पुरानो माया जूनको छायाले
बगेका गाजल नयनबाट निस्केका आँशुले
बिउँझायो होला सुतेको माया पुरानो यादले
सम्झायो होला पुरानो माया त्यो चिसो हावाले