Butte Rumalmaa - Bhim Birag
बुट्टे रुमालमा - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

बुट्टे रुमालमा बुट्टे रुमालमा
माया सकिएन बाँध्न बुट्टे रुमालमा

सपनीमा आई आई मन भुलाई दिन्छौ
विपनीमा नबोलेरै मुटु दुखाई दिन्छौ
खुसी खोज्दा खोज्दै डुबेँ आँसुमा
माया सकिएन बाँध्न बुट्टे रुमालमा

तिमीलाई बोलाऊँ भने जिस्काउँछ डाँडाले
टिपेर लैजाऊँ भने बिझाउँछ काँडाले
के गरूँ म परेँ दोधारमा
माया सकिएन बाँध्न बुट्टे रुमालमा

पूर्वेली हावासँगै बतासिन्छौ कहिले
पच्छिमेली घाम जस्तै हराउँछौ कहिले
कहिले चन्द्रमा झैँ टाढा गगनमा
माया सकिएन बाँध्न बुट्टे रुमालमा