छैनन् आँखा तर हाम्लाई अन्धा नभन
देशको लागि क्यै गर्ने छौँ धन्दा नमान
हियाएर हामीलाई अन्धा नभन
देशको लागि क्यै गर्ने छौँ धन्दा नमान
नशाभित्र तातो खुन छ कसले पिउन सक्छ
सत्य बोल्ने हाम्रो मुखलाई कसले सिउन सक्छ
देश बनाउने दुई पाखुरी दही जमेका छैनन
हिंड्छन् हाम्रा खुट्टा पनि ठुटामुढा होइनन्
ठीक र बेठीक छुट्याउने आफ्नै विवेक छ
माया घृणा परख गर्ने आफ्नै हृदय छ
हाम्ले पनि जानेका छौँ न्याय निम्ति लड्न
शहीदको बाटो पक्री अघि–अघि बढ्न