Chhodyeu Timile - M.P. Gurung
छोड्यौ तिमीले - एम.पी. गुरुङ
Recorded live during 'Paleti with M.P. Gurung - April 2008'
Lyrics
Nepali
Transliterated

छोड्यौ तिमीले जाति नै भो मैले मलाई पाउनु सकेँ
बिर्सिएको बाटोबाट फेरी फर्की आउनु सकेँ

बर्षौ बर्षौ तिमीलाई सम्झी रातभरि म रोएथेँ
मेरा निर्मल आँसुहरूले तिम्रो पाउ धोएथेँ
कुल्चेऊ तिम्ले जाति नै भो मैले आँसु थाम्न सकेँ
बिर्सिएको बाटोबाट फेरी फर्की आउनु सकेँ

झन्डै झन्डै तिमीलाई पाउन मैले मलाई छोडेको
झन्डै मैले आफ्नो हातले आफ्नै हृदय फोडेको
बिर्स्येऊ तिम्ले जाति नै भो मैले मानिस चिन्न सकेँ
बिर्सिएको बाटोबाट फेरी फर्की आउनु सकेँ