Dada Kati Gayou - Manjul
डाँडा काटी गयौ - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Composer: Raju Tuladhar
Lyricist: Raju Tuladhar
Original Singer: Raju Tuladhar

गायक: मंजुल
सङ्गीत: राजु तुलाधर
शब्द: राजु तुलाधर
मूल गायन: राजु तुलाधर
Lyrics
Nepali
Transliterated

डाँडा काटी गयौ नि दाजै
गाउँघरको मायालाई बिर्सेर – आँसु बरर

दाजुलाई भुलायो जिन खैरोले
खेत पाखो लग्यो नि पैरोले – आँसु बरर

बाबु बूढा काललाई भइगए
बूढी आमै ओछ्यानलाई भइगइन् – आँसु बरर

माले तिखे साहुलाई भइगए
एक्ली बैनी रुँदैमा दिन गए – आँसु बरर

आउन दाजु खुकुरी भिरेर
बहिनीको आँसुलाई सम्झेर – आँसु बरर