Dai ta Kale - Hiranya Bhojpure
दाई त काले - हिरण्य भोजपुरे
Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'
Lyrics
Nepali
Transliterated

दाइ त काले भाइ पनि काले
मै त काले रेलैको धुँवैले
ए काले काले मिलेर खाऊँ भाले
बुझनेलाई यो कुरो गहिरो छ
नबुझ्नेलाई घर छेउमै पहिरो छ
ए काले काले मिलेर खाऊँ भाले

सालघारीमा सालको पात बेलघारीमा बेल छ
हामीसँग जान्छौ भने उडाइ लाने रेल छ
हामीसँग जान्छौ भने उडाइ लाने रेल छ बरिलै
बुझनेलाई यो कुरो गहिरो छ
नबुझ्नेलाई घर छेउमै पहिरो छ
ए काले काले मिलेर खाऊँ भाले

उडी जाने पुतलीको पानी मुनि छाया
छाया जस्तो किन हुन्थ्यो तिम्रो हाम्रो माया
छाया जस्तो किन हुन्थ्यो तिम्रो हाम्रो माया बरिलै
बुझनेलाई यो कुरो गहिरो छ
नबुझ्नेलाई घर छेउमै पहिरो छ
ए काले काले मिलेर खाऊँ भाले