Dhali Gayo Sanjha - Shantanu Kumar Limbu
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'

सङ्गीत: पदम बहादुर राई
Lyrics
Nepali
Transliterated

ढलिगयो साँझ पश्चिमतिर
छायो श्यामल शीतल शोभा
फक्रन थाले चमचम तारा
नवमा बिकसित इन्दुकला

मन्द सुगन्ध फिंजायो पवनले
सुवासित रजनीगन्धा
आइन् किरणमा सन्ध्या रानी
अभिषारिका नन्दा

हृदय स्पन्दन उसको सुनें
आफ्नै मुटुको धड्कनमा
प्रणय गीत उसको सुनें
गुञ्जन मुखरित कणकणमा