Dhaan Rakhne Dhansara - Ganesh Rashik
धान राख्ने धनसार - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated

धान राख्ने धनसार
धान राख्ने धनसार
घर न बार घुम्दैछु संसार
माछी पर्‍यो जाल, हे बुलबुले ताल

एऽऽऽऽ पूर्वै जाऊँ भने पूर्वैदेखि आ'को
पश्चिम जाऊँ भने चिनजान न भा'को
उत्तर जाऊँ भने हिउँले खा'को
दक्षिण जाऊँ भने ओलाको रा'को
हो हो हो हो हो हो
चारै दिशा घुमेँ चारै भूवन घूमेँ
आफ्नो कोही न भा'को
रोइ बसूँ भने दाह्री जुँगा आ'को
त्यसैले गर्दा हुनु दुःख पा'को
यहाँ होइन गैह्री गाउँ
यहाँ होइन गैह्री गाउँ
दुखी मेरो कहाँ छ'र जाने ठाउँ
माछी पर्‍यो जाल, हे बुलबुले ताल
यहाँ होइन गैह्री गाउँ
यहाँ होइन गैह्री गाउँ
दुखी मेरो कहाँ छ'र जाने ठाउँ
माछी पर्‍यो जाल, हे बुलबुले ताल

एऽऽऽऽ आहाहाहा
तरुनी छोरीले न हिंड्नु राति
घरैमा बस्नु साह्रै नै जाति
म अर्ति दिने कप्तानको नाति
तिमीलाई मैले के बोल्नु ढाँटी
होहोहोहो
यता घुमो एक्लै उता घुमो एक्लै
साह्रै दुःख पा'को रोइ बसुँ भने
भन्छन् खेर गा'को
त्यसैले गर्दा तिम्रो छेउमा आ'को
माछी छ लेउ लेउमा
माछी छ लेउ लेउमा
दुखी मलाई बस्न देऊ छेउ छेउमा
माछी पर्‍यो जाल, हे बुलबुले ताल
माछी छ लेउ लेउमा
माछी छ लेउ लेउमा
दुखी मलाई बस्न देऊ छेउ छेउमा
माछी पर्‍यो जाल, हे बुलबुले ताल