Driver Dai - Manjul
ड्राइभर दाइ - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Composer: Raamesh
Lyricist: Manjul
Original Singer: Raamesh

गायक: मंजुल
सङ्गीत: रामेश
शब्द: मंजुल
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated

डाइभर दाइ, खलासी भाइ
हाम्रो धेरै माया तिमीलाई
हाम्रो धेरै आदर तिमीलाई

कहिले लान्छौ उकालीमा कहिले ओरालीमा
कहिले लान्छौ घुम्ती–घुम्ती कहिले द्यौरालीमा
दगुरेको गाडीभित्र राखी मानिसलाई
यात्रीहरूको सेवा गर्छौ प्यारो ड्राइभर दाइ

कामदारहरूलाई कारखानामा तिमी पुर्‍याउँछौ
जागिरेलाई अफिसहरूमा तिमी पुर्‍याउँछौ
विद्यार्थीलाई स्कूलहरूमा तिमी पुर्‍याउँछौ
बिरामीलाई अस्पतालमा तिमी पुर्‍याउँछौ

पूर्व पश्चिम उत्तर दक्षिण सामान पुर्‍याउँछौ
जनताको दु:ख पीरमा सँधै सघाउँछौ
गाडी हाँकी मानिसहरूको गर्छौ तिमी सेवा
सुन्दर संसार रचना गर्न दिन्छौ तिमी टेवा