Dukheko Mutulai - Bhim Birag
दुखेको मुटुलाई - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated
Translated

दुखेको मुटुलाई छाँट्नै नमिल्ने रैछ
अरूको खुशीसँग साट्नै नमिल्ने रैछ

ओठहरू हाँस्न खोज्दा आँखाहरू रोइदिन्छन्
आफैंले आफैंलाई ढाँट्नै नमिल्ने रैछ

जहाँ चोट पर्छ त्यहाँ दुख्नु स्वाभाविकै हो
नदुख्ने गरी जीवन काट्नै नमिल्ने रैछ

एक्लो आफूमा सबै तर भीड यस्तो यहाँ
अरूलाई नकुल्चेसम्म टेक्नै नमिल्ने रैछ

वरदान पाउन सबले अरूकै बलि चढाउँछन्
रेटेर आफ्नै गर्दन पुज्नै नमिल्ने रैछ