Duldai Aayo Gainedaju - Manjul, Aavaas, Yogendra Upadhyay
डुल्दै आयो गाइनेदाजु - मंजुल, आभास, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Manjul: Paleti with Songs and Poems of Manjul - September 2019'
Singer: Manjul, Aavaas, Yogendra Upadhyay
Composer: Raamesh
Lyricist: Manjul
Original Singer: Raamesh

गायक: मंजुल, आभास, योगेन्द्र उपाध्याय
सङ्गीत: रामेश
शब्द: मंजुल
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated

डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा
कठै झुत्रे लुगा उसको आँगैमा
के लायो होला काँ बस्यो होला ऊ
उस्को अनुहारमा दाइको झझल्को
घर कहाँ होला काँ जाने होला ऊ
कठै उस्को माया मेरो मनैमा

आँगनैको छेऊमा बसी त्यो गाइने दाजुले
उस्को सारङ्गीलाई रुन लगायो
गीत गाउदै गयो पीर पोख्दै गयो ऊ
उस्ले हाम्रै जस्तो दुख सुनायो
काँ जन्म्यो होला काँ पुग्छ होला ऊ
मलाई आफ्नै घरको जहान झै लाग्यो

फेरि पनि आए हुन्थ्यो उ हाम्रो गाउँमा
उस्का मीठा मिठा गीत सुनाउन
न्याय नपाका बोल्न नपाकालाई
उस्का सहासिला गीतले बुझाउन
एक्लो छौं भन्ने निर्धो छौं भन्नेलाई
बाँच्ने सहाराका गीत सुनाउन