Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Lyrics
Nepali
Transliterated

ए फूल बसन्त बित्यो त के भयो
पतझडको उदासी हावामा पनि
अघिकै बासना चलि नै रहेछ
ए फूल बसन्त बित्यो त के भयो

फेरि पनि आउला बसन्त
पतझडको उदासी हावाले पनि
तिमीलाई घरिघरि सम्झाइरहेछ
ए फूल बसन्त बित्यो त के भयो

एकफेर दिन एकफेर रात
एकफेर साथ एकफेर घात
रातले अल्पेर दिनले झुल्केर
सबैलाई घरिघरि सम्झाइरहेछ
ए फूल बसन्त बित्यो त के भयो
पतझडको उदासी हावामा पनि
अघिकै बासना चलि नै रहेछ
ए फूल बसन्त बित्यो त के भयो