Euta Khulla Kitab - Meena Niraula
एउटा खुल्ला किताब - मीना निरौला
Singer: Meena Niraula
Composer: Karma Yonjan
Lyricist: Jas Yonjan Pyasi
Original Singer: Daisy Baraili

सङ्गीत: कर्म योञ्जन
शब्द: जस योञ्जन प्यासी
मूल गायन: डेजी बराइली
Lyrics
Nepali
Transliterated
Translated

एउटा खुल्ला किताब हुँ म
तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि
पन्नाहरू च्याते हुन्छ

बेमौकाको बादलसरि कतिचोटि फाटिदिएँ
जसले मलाई बुझेँ भन्थ्यो उसकै पनि उपहास पाएँ
एउटा खुल्ला चिठी हुँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ

निष्ठुरीको आस्थाबाट कतिचोटि टुक्रीसकेँ
जसले मलाई सब थोक ठान्थ्यो उसकै पनि म रेत भएँ
एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरूले जस्तै लेखेपछि अनर्थ सम्झी मेटे हुन्छ