उटा टुक्रा बादल जस्तै मेरो जीवन चल्दै जान्छ
आफ्नो निश्चित रुप नपाई जता जान्छ गल्दै जान्छ
बतासको जता इच्छा उतैतिर हुत्तिदिन्छ
कहिले टुक्रा भई आफ्नै मुटुदेखी छुट्टिदिन्छ
आकाशभरि आफ्नो भन्ने ठाउँ नपाई डुल्दै जान्छ
एउटा टुक्रा बादल जस्तै मेरो जीवन चल्दै जान्छ
आफ्नो निश्चित रुप नपाई जता जान्छ गल्दै जान्छ
आफैलाई सक्याउँदै कहिले रुन्छ कहिले हाँस्छ
आफू जस्तै साथी भेट्दा एउटै बन्छ माया गाँस्छ
कहिले काँही घाम जूनको आँखा पनि छल्दै जान्छ
एउटा टुक्रा बादल जस्तै मेरो जीवन चल्दै जान्छ
आफ्नो निश्चित रुप नपाई जता जान्छ गल्दै जान्छ