Gai Ta Bandhyo - Manjul
गाई त बाँध्यो - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Lyricist: Raamesh
Original Singer: Raamesh

गायक: मंजुल
शब्द: रामेश
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated

गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन, मोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
गरिबको बोल्दिने कोही छैन, कोही छैन
गरिबको चमेली बोल्दिने कोही छैन

रातो भाले धुरीमा करायो, करायो
गरिबको चमेली निसाफै हरायो
गरिबको निसाफै हरायो, हरायो
गरिबको चमेली निसाफै हरायो

धनीलाई धनमाथि धनै छ, धनै छ
गरिबलाई चमेली रिनमाथि रिनै छ
गरिबलाई रिनमाथि रिनै छ, रिनै छ
गरिबलाई चमेली रिनमाथि रिनै छ

दुधैकुण्ड पानीको सराबर, सराबर
हुनुपर्छ चमेली सबैलाई बराबर
हुनुपर्छ सबैलाई बराबर, बराबर
हुनुपर्छ चमेली सबैलाई बराबर