Ghumtima Na Aau hai - Premdhoj Pradhan
घुम्तीमा नआऊ है - प्रेमध्वज प्रधान
पलेँटीले सन् २००६ जनवरी १ तारिख एकाबिहानै प्रेमध्वजलाई पलेँटीमा आएर गाउन अनुरोध गरेको थियो तर उहाँले विनम्रता पूर्वक सिङ्गै कन्सर्ट गर्ने आँट नभएको बताउनु भएथ्यो । र पनि पलेँटीले उहाँलाई निरन्तर अनुरोध गरिरह्यो । समयान्तरमा प्रेमध्वज एकपटक मात्रै होइन दोहोर्‍याइ तेहेर्‍याइ पलेँटीका दर्शक माझ प्रस्तुत हुनुभयो ।
Lyrics
Nepali
Transliterated
Translated

घुम्तीमा नआउ है, आँखा तिमी जुधाउन
बाँधिए माया फेरि गार्हो हुन्छ फुकाउन
घुम्तीमा नआउ है

भोलि जब हुन्छौं हामी, ओ...हामी, एकअर्कासँंग टाढा
फूल जस्तो माया पनि हो बिझाउने बन्छ काँडा
सुस्केरामा रात बिझ्छ सक्ने छैनौ निदाउन
घुम्तीमा नआउ है

बतासमा उडी उडी ओ....आँउछ गीत मुटु छुन
एक्लै दिनहुँ दुःखी बनी पर्छ प्रीत सम्झी रुन
आउँदैन आँगनमा पापी जून, चियाउन
घुम्तीमा नआउ है