गीताङ्गे दाइ पहाडी गीत गाऊ पहाडी भएर
ढुंगा, माटो, गुराँस, धुपी राम्ररी चिनेर
विदेश मात्र नहेरिदेऊ सुखलाई सम्झेर
विदेशी हुँदा अस्तित्व लुक्यो बतासे भएर
कमेरोले लिपेको भित्ता ठाउँठाउँमा उक्केर
झरी है दियो दुखिया बनी विदेशी भएर
मझेरीको गोबर चोखो गयो’नि सुकेर
आयौ कि भनी देउराली हेर्छ चौतारी फर्केर
पहिरो टाढा छातीमा च्यापी झाडजंगल कराउँछ
फर्क न दाइ पहाडे संसार अब त हराउँछ