Goreto Tyo Gaunko - Premdhoj Pradhan
गोरेटो त्यो गाउँको - प्रेमध्वज प्रधान
Recorded live during 'Paleti with Premdhoj Pradhan - January 2008'

सङ्गीत: प्रेम माणिक
Lyrics
Nepali
Transliterated
Translated

गोरेटो त्यो गाउँको लौन आज
खोजी–खोजी थाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

एकलासे वनमाझ बिराई बाटो आज
अलमलिएँ लौन म त
आवाज नपाई मायालु तिम्रो
वनदेवी भाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

झमक्क पर्यो साँझ, कहाँ बस्ने हो बास
एक्लो भएँ लौन म त
खबर नपाई मायालु तिम्रो
दोधारैमा परेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ

गोरेटो त्यो गाउँको लौन आज
खोजी–खोजी थाकेँ नि
पहिल्याउन सकिनँ, पहिल्याउन मैले सकिनँ