हाम्रो बस्तीमा जस्तै यो कहाँ बाँसुरी रोयो
आँगन छेउमा गाइने दाइ जस्तै कल्ले सारङ्गी रुवायो
बिधुवाको आँसु जस्तो प्रवासीको कहानी जस्तो
यतिसारो मन पोल्ने कल्ले वेदना पोख्न थाल्यो
झुपडीको ब्यथा जस्तो टुहुराको कथा जस्तो
यतिसारो मुटु फाट्ने कल्ले वेदना पोख्न थाल्यो
अंगालोमा पुरुँ जस्तो छाती भित्र लुकाउँ जस्तो
हाम्रो दुःख पीरहरूसँग जुझ्ने साहस दिलायो
अझै तिखो त्यो बाँसुरी बजिरहोस् त्यो ठाउँमा
सँधै बजोस् त्यो सारङ्गी भोका नाङ्गाको नाउँमा