Har Har Mahadev - Lekali Pariwar
हर हर महादेव - लेकाली परिवार
Recorded live during 'Paleti with Ganesh Rashik, Hiranya Bhojpure and Urmila Shrestha: Paleti with Lekali - August 2019'
Lyrics
Nepali
Transliterated

हर—हर महादेव पानी देऊ,
यतिले पुगेन अलि थपिदेऊ,
खरानीको डल्लो कति सारो
महादेवलाई पानी दिन कति गाह्रो !
आँत सुकेका धेरै—धेरै स्वरहरू
शून्य आकाशभरि हेर्दै
भोक चिच्याइरहेछन्
भोक लाग्यो खाना दे
तिर्खा लाग्यो पानी दे
हामीले पनि त बाँच्नुपर्छ
बास बस्न छाप्रो दे !

भोकका लावा बोकेर
स्वरहरू दन-दन दन्किरहेछन्
सुकेका बाँसहरू बलेको आवाज
ज्वालामुखी
बनेर लावा पोखिरहेछन्

शब्द र संगीतः शिरण्य भोजपुरे