Hasne Raharharu - Premdhoj Pradhan
हाँस्ने रहरहरू - प्रेमध्वज प्रधान
Recorded live during 'Paleti with Premdhoj Pradhan - March 2010'
Lyrics
Nepali
Transliterated
Translated

हाँस्ने रहरहरु आँशुमा डुबे
सुन्दर सपना सिसा झै फुटे
हाँस्ने रहरहरु आँशुमा डुबे

पहरा पर्बत कस्ले लुकायो
सायद खोलाले उसलाई बगायो
केहि नबोल मेरो छाँयालाई
यो शरिर देखि कस्ले छुटायो
हाँस्ने रहरहरु आँशुमा डुबे

खुसीमा छौ कि बिरहमा छौ
आवाज देउ तिमी कहाँ छौ
मृत्युलाई पनि नाघेर आँउछ
त्यो मुहार तिमी जहाँ छौ
हाँस्ने रहरहरु आँशुमा डुबे