हातमा चुरा निधारमा टिको न पोते गलामा
म कति टिपुँ आँसुको फूल बैंसको बेलामा
बोलाए हुन्थ्यो बादलले सँगै म जान्थे उडेर
लगेनी हुन्थ्यो खोलाले सँगै म जान्थे बगेर
न साथीसंगी न मेलापात न फूली नाकैमा
म कति बसुँ हेरेर ऐना माइती देशैमा नि लै
मुटुमा राख्थे खसमको माया छातीले छोपेर
सिंगारी राख्थे खसमको रूपमा सिउँदोमा भरेर
दाउरा बल्छ अँगेनीभरि म बल्छु आँखामा
बुझ्दैन कोही मनको बह यो भीर भाखामा