Heru Bhanchhu - Dawa Gyalmo
हेरुँ भन्छु - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Lyrics
Nepali
Transliterated

हेरुँ भन्छु आँखा उठाइ आकाशमाथि
ताराहरू झरिदिन्छन् आँखै ढाक्नेगरि
टिपुँ भन्छु मोति सागर बीच छामी
छालहरू उर्ली आउँछन् किनार ढाक्नेगरि
किनार ढाक्नेगरि
हेरुँ भन्छु आँखा

सबैलाई यहाँ माया गरी जसै छतीबीच अँगाल्दछु
संसारैले किन होच्याइ मलाई उसै अबगालमा फसाउँदछ
मलाई होच्याउने बैरीहरूलाई जानेभरको आशिष बाँड्दछु
मेरै आशिष मेरै लागि किन श्राप बन्छ
हेरुँ भन्छु आँखा

पहाडको छाती चुम्न त्यहाँ जति माथिमाथि उक्लिन्दछु
मेरै माथि किन विश्व थाकी उसै नै चट्टान टुक्रिन्दछ
भुईँभरि झरिएका फूलहरूलाई जति हात पसरी उठाउदछु
मेरै हातमा बोटभरको काँडा बिझिदिन्छ
काँडा बिझिदिन्छ
हेरुँ भन्छु आँखा उठाइ आकाशमाथि
ताराहरू झरिदिन्छन् आँखै ढाक्नेगरि
टिपुँ भन्छु मोति सागर बीच छामी
छालहरू उर्ली आउँछन् किनार ढाक्नेगरि
किनार ढाक्नेगरि
हेरुँ भन्छु आँखा