Hey Barai - Manjul
हे बरै - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Original Singer: Jhalak Man Gandharbha

गायक: मंजुल
मूल गायन: झलकमान गन्धर्भ
Lyrics
Nepali
Transliterated

हे बरै
हे बरै
बाबाले सोध्लान् नि खोइ छोरा भन्लान् रनै खुल्यो भन्दिए
आमाले सोध्लिन् नि खोइ छोरो भन्लिन् रन जित्दै छ भन्दिए
दाज७३घढसृले सोध्लान् नि खोइ भाइ भन्लान् शक्ति घट्यो भन्दिए
भाउजूले सोध्लिन् नि खोइ देवर भन्लिन् धेर नरुनू भन्दिए
भाइले सोध्लान् नि खोइ दाजु भन्लान् घेरामा पर्‍यो भन्दिए
प्रियाले सोध्लिन् नि खोइ स्वामी भन्लिन् सिन्दुर पुछ भन्दिए
हे बरै
हे बरै
दिदीले सोध्लिन् नि खोइ भाइ भन्लिन् माइती घट्यो भन्दिए
बैनीले सोध्लिन् नि खोइ दाजु भन्लिन् चोली घट्यो भन्दिए
छोराले सोध्लान् नि खोइ बाबा भन्लान् टोपी झिक भन्दिए
छोरीले सोध्लिन् नि खोइ बाबा भन्लिन् सुनचुराको दान दिए
साथीले सोध्लान् नि खोइ लाउरे भन्लान् मोया मार भन्दिए
हे बरै
हे बरै
बटौलीको बजारैमा चार पैसाको लाह छैन
शिरको स्वामी नि स्वर्गेवास हुदा घर बस्नेलाई था’ छैन
दुई राजाको घमशान
दुनियाँ छोराको नोक्सान
नौ नम्बरको टप्परमा
गोली बर्षन्छन् खप्परमा
मरेँ भने भरिहालेँ बाँचे पठाउँला तस्वीरै खिचेर
हे बरै
हे बरै
बाबा रुन्छन् नि वर्ष दिन
आमा जुनी भरी नि हजुर