Hussule Chhopeko Saharma - Ganesh Rashik
हुस्सुले छोपेको सहरमा - गणेश राशिक
Recorded live during 'Paleti with Ganesh Rashik - August 2006'
Lyrics
Nepali
Transliterated
Translated

कति दिन बाँच्नु
यो हुस्सुले छोपेको सहरमा

यो हुस्सु फाट्दा सायद म मरिसकेको हुन्छु
यहाँ घाम लाग्दा सायद म डढिसकेको हुन्छु
मेरा आफन्तहरूले मलाई न्यानो दिन खोज्दा
सायद म हिउँ भई जमिसक्ने छु

यी पहाडहरूले ब्यूँझेर गाउँदा 
सायद म बहिरा भइसक्ने छु
यी सहरहरूले हाँसी मुस्काउँदा 
सायद म दन्त्यकथा भइसक्ने छु
मेरो कथा सबैले पढ्न खोजे 
सायद म सबैको कण्ठमा 
बाडुली मात्र भइदे’को हुन्छु