Indreniko Galbandi - Manjul
इन्द्रेनीको गलबन्दी - मंजुल
Recorded live during 'Paleti with Manjul - April 2006'
Singer: Manjul
Composer: Raamesh
Lyricist: Manjul
Original Singer: Raamesh

गायक: मंजुल
सङ्गीत: रामेश
शब्द: मंजुल
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated

इन्द्रेनीको गलबन्दी साइला हजुरलाई
घुम्तीको पटुकी साइला हजुरलाई
पहराको बुकी फूल साइला हजुरलाई
झरनाको चिसो मुल साइला हजुरलाई

उकालीको चौतारी म बढारेर बसिरन्छु
यही बाटो गरी आउने हजुरज्यानलाई पर्खिरन्छु
हिमालको ढाका टोपी साइला हजुरलाई
बादलको कार्चोपी साइला हजुरलाई
पोल्टा भरी काफलु साइला हजुरलाई
एक सोली ऐंसेलु साइला हजुरलाई

चियो गर्ने चरीलाई रूखबाट भगाइदिन्छु
लालुपातीको फूल टिपी माला उनी लगाइदिन्छु
चन्द्रमाको जुनेली साइला हजुरलाई
बाँसैको मुरली साइला हजुरलाई
सल्लेरीको वन पनि साइला हजुरलाई
उडी जाने मन पनि साइला हजुरलाई