Composer: Narayan Gopal
Original Singer: Narayan Gopal, Kamala Shrestha

सङ्गीत: नारायण गोपाल
मूल गायन: नारायण गोपाल, कमला श्रेष्ठ
Lyrics
Nepali
Transliterated

मदन- ईश्वर ! तैँले रचेर फेरि कसरी बिगारिस् ?
सृष्टिको फूल रचेर त्यस्तो कसरी लतारिस् ?
त्यो फूल हरे ! मलाई दिई कसरी पछारिस् ?
हे दिदी ! मैले ती मुना देख्ता, मुनाको मुहार,
ती मुना पनि मर्दछिन् भन्ने थिएन विचार !
मुना ! छातीको जुहार !

पृथिवीतिर नहेर मुना ! म पनि आउँछु
आँखामा आँसु लिएर चिनो म भेट्न आउँछु,
प्रेमको हीरा छुटेको तल, म लिई आउँछु ।

कसरी खायो आगोले दिदी कमलको शरीर ?
कसरी खायो निठुरी भई कमलको शरीर ?
म कहाँ पाऊँ ती मुनालाई छातीमा लगाऊँ !
खरानी तिनको मलाई द्यौन, छातीमा लगाऊँ !

हे मेरी आमा ! हे मेरी मुना !! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिनँ आमा ! म यहाँ बस्तिनँ,
म यहाँ अब बस्तिनँ मुना ! म यहाँ बस्तिनँ,

दिदी- ‘हे मेरा भाइ ! ती तिम्री मुना मरेकी छैनन् ती,
ज्योतिको स्वरुप लिएर गइन् बगैँचा वसन्ती,
स्वर्गका चरा गाउँछन् उनको मधुर जयन्ती !’

मदन- ‘पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ, गएर भोलि भेटुँला तिनलाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !’