Jahile Timi Aau - Shanti Thatal
जहिले तिमी आऊ - शान्ति ठटाल
Recorded live during 'Paleti with Shanti Thatal - September 2008'
Lyrics
Nepali
Transliterated

जहिले तिमी आऊ विरानीले सोध्छ
विरानीमा फुल्ने फूल तिमीलाई नै खोज्छ

जहाँ आँखा पुग्छ तिमीलाई नै खोज्छ
सारा जमानालाई तिम्रै हाल सोध्छ
कल्पी हिंड्ने रातसँग तिम्रैलागि रुन्छ
जहिले जे सुनाऊ मायालुले सुन्छ
गीत नै हाम्रो प्रीत हो भने तिम्रै लागि बन्छ
जहिले तिमी आऊ

जहिले किनार पुग्छ छालले किनार छोप्छ
बाटो दोहोरियो पाइला साथी खोज्छ
कल्पी रातसँग तिम्रैलागि रुन्छ
जहिले जे सुनाऊ मायालुले सुन्छ
गीत नै हाम्रो प्रीत हो भने तिम्रै लागि बन्छ
जहिले तिमी आऊ विरानीले सोध्छ
विरानीमा फुल्ने फूल तिमीलाई नै खोज्छ
जहिले तिमी आऊ