Jhajhalko Aauchha - Sangita Pradhan
झझल्को आउँछ - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Gopal Yonjan
Lyricist: Shree Purush Dhakal

सङ्गीत: गोपाल योन्जन
शब्द: श्रीपुरुष ढकाल
Lyrics
Nepali
Transliterated

झझल्को आउँछ नि सधैँ सधैँ नै
मुटु को घड़कन कहा हरायो
पर्खी रहेछु पर्खी रहन्छु
पर्खाई निठूरी किन हरायौ
झझल्को आउँछ...

वर पिपलको छहरी मुनी
किन हो मिठो सपना देखायौ
मन आँगनको करेसा भरी
किन प्रितीको फूल फुलायौ
छोडेर जानू थियो त निठूरी
प्रिती गोरेटोमा किन डोर्‍यायौ
पर्खि रहेछु...

गाउछे नि किन कोयली चरी
दुखेको मनमा घाउ खोपेर
किन सुसाउछ यो पापी खोलो
कोमलो मेरो छाती रेटेर
प्रिती रोपेर हृदय भरि
किन नि ठूलो भूल गरायौ
पर्खी रहेछु...