Recorded live during 'Paleti with Hiranya Bhojpure - December 2006'

मूल गायन: लेकाली परिवार
Lyrics
Nepali
Transliterated

चेलाहरुः सैसैसैसै सैसैसैसै
हाम्रो झाँक्री नाच्दै आयो
बाटो छोड्दे
खैखैखैखै सैसैसैसै
बधौरोः लौ न मलाई के भो आज
फुकिदेऊ धामी मायालु
टुनामुना झारीदेऊ
नाडी निधार छामी मायालु

धामीः आकाशकाली, पातलकाली
हे गुह्यकाली, दक्खिनकाली
मेरो मनुवालाई के भो भन
भोजपुरकी देवी हे सिद्धकाली

चेलाः लौ परमेश्वरी, यो मनुवालाई के भएको हो
राम्रो खुशी हेरीदेऊ ।
धामीः लेकको भुत, बेँसीको भुत
हे नाङ्ले भुत, हे राँके भुत
चोखो मनले बोलाउँछु आज
गरेको छैन छुवा छुत
चेलाः दिनदशा गरिया लागेर हो कि के भएर हो
दुधको दुध पानीका पानी राम्ररी छुट्याइदेऊ रिमेश्वरी
धामीः हेर् मनुवा हेर् हेर्
तेरो मनमा बोक्सी पस्यो
तँलाई काली नागले डस्यो
हो कि होइन भन्—भन् !
चेलाः हो परमेश्वरी हो
मनले चिताएको जस्तै भयो
परमेश्वरी ।
मधौरोः सपना पनि नराम्रो देख्छु
दिनमै पनि आधेरो देख्छु ।
धामीः हे........हेर् मनुवा हेर्
चौतारीमाथी देऊता थापी
देऊतालाई सेतो कुखुरा भाकी
मनलाई मोड्, रक्सीलाई छोड्
सत्गुरु वाचा की !
सन्ताप तेरो देऊताले हर्छ
टुना र मुना मोहनी झर्छ
भूत र प्रेत सबैले छोड्छ
सत्गुरु वाचा की !
सत्—सत्—सत् !

चेलाः सैसैसैसै सैसैसैसै
हाम्रो झाँक्री बोक्सी खेद्छ
बाटो छोड्देस खैखैखैखै सैसैसैसै ।