Jham Jham Pareli - Suraj Kumar Thapa, Angela Singh Shrestha
झमझम परेली - सुरज कुमार थापा, एन्जला सिंह श्रेष्ठ
Singer: Suraj Kumar Thapa, Angela Singh Shrestha
Composer: Amar Jaiswal
Original Singer: Dharmaraj Thapa, Urmila Kumari

गायक: सुरज कुमार थापा, एन्जला सिंह श्रेष्ठ
सङ्गीत: अमर जैसवाल
मूल गायन: धर्मराज थापा, उर्मिला कुमारी
Lyrics
Nepali
Transliterated

केटी : झमझम परेली आँखैकी गाजल
सम्झने कोही छैन
केटी : नछोडी जानुस् हे मेरा प्यारा अकेली मलाई
मनको वनमा ननिभ्ने गरी विरह जलाई
केटा : कि मरी छाड्यो कि गरी छाड्यो मर्दको इरादा
नहाल मलाई आँसुको घुम्टो वाचाको यो बाधा
केटी : मनको करा गलामा अड्छ अड़कन्छ गलामा
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा
केटा : अनार दाना दाँतका लहर खोलेर हाँस न
तिमीले हाँसे म हाँक्न सक्छु इन्द्रको आसन
केटी : हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेस आनन्दी मनले