Jhyalmaa Eklai - Shantanu Kumar Limbu
झ्यालमा एक्लै - शान्तनु कुमार लिम्बु
Recorded live during 'Paleti with Shantanu Kumar Limbu - February 2008'

शब्द: पदम बहादुर राई
Lyrics
Nepali
Transliterated
Translated

झ्यालमा एक्लै बसेको बेला सिमसिमे झरीले
ल्याएको तिम्रो सम्झना मीठो गाउछे चरीले

नैलाख तारा टिपेर सारा सजाएँ गहमा
यो छातीभित्र सम्झना उल्र्यो मनको दहमा

सिमसिमे पानी टपटपी टप्के उजेली रातमा
चन्द्रमा नाच्यो फूल र पातमा मन नाच्यो साथमा

चौबन्दी तुनामा बाबरी फूल केवडा केशमा
जोवन तिम्रो क्या राम्रो खुल्ने नेपाली भेषमा