Jindagiko Harek - Kumar Subba
जिन्दगीको हरेक - कुमार सुब्बा
Recorded live during 'Paleti with Kumar Subba - May 2008'
Singer: Kumar Subba
Composer: Shanti Thatal
Lyricist: Bali Subba
Original Singer: Shanti Thatal

सङ्गीत: शान्ति ठटाल
शब्द: बली सुब्बा
मूल गायन: शान्ति ठटाल
Lyrics
Nepali
Transliterated

जिन्दगीको हरेक बजारमा ठगिएको छ मान्छे
जिन्दगीको हरेक भीडमा कुल्चिएको छ मान्छे
जिन्दगी.....

मुटुमा खडेरी छोपेर सहँदै बसेको छ मान्छे
छातिमा डढेलो सल्काइ छोपि हिंडेको छ मान्छे
तै पनि आँखामा सागर लुकाइ हाँस्दो रहेछ मान्छे
तै पनि मुहारमा पीडा बोकेर रमाउँछ यहाँ मान्छे
जिन्दगीको......

बिछोडको कहानी बनेर चुपचाप रहेको छ मान्छे
अनेकौं आघात सहेर दुखिरहेको छ मान्छे
तै पनि दुइ चार खुसी समेटी नाच्दो रहेछ मान्छे
तै पनि मान्छेहरुकै किसिममा बाँच्दो रहेछ मान्छे
जिन्दगीको........