Lyrics
Nepali
Transliterated

‘कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
छ मैना भयो खसम हजूर ! गएको ह्लासामा ।
बिस्र्यो है क्या र ? हजूरलाई तरुनी खासामा ।
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?’
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो;
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै न ै हरायो ।
खामोस खाई दयाले भन्छिन्, “हे नैनी भाउज्यू !
म अरु जस्तो नठान बुभ्mयौ हे नैनी भाउज्यू !
यो कुरा गर अरुका कान, जो सुन्छन् लिई चाख,
जोवनका हीरा शहरका कीरा, पाउँछ्यौ तिमी लाख ।
चन्द्रमालाई खसाल तिमी, हिमाल उचाल,
यो मेरो मन डगाऊँ भनी नरच यो जाल ।
गुलाब जस्तो फुलेको दिल कोपिला हँुदैन,
जो एकबाजि सुम्पियो बुभ्mयौ सो आफ्नो हँुदैन ।
स्त्रीलाई जाँच चिताको ज्वाला पसेर निस्कँुला,
त्यो पाउलाई समाई फेरि स्वर्गमा बसँुला ।
यो चार दिनको कञ्चन चोला ईश्वरले सिँगारे,
के भन्न्ु माथि बाबुको अघि हिलोले बिगारे ।
दयाले नैनी ! ईश्वरले सिँगारे ।
पापको भारी बोकेर फेरि उक्लनु कसोरी
मनुष्य चोला गुमाए त्यसै फिर्दैन यसोरी,
नैनी ! फिर्दैन यसोरी !
स्त्रीजातिलाई सृष्टिको भार भविष्य जगत्को,
आनन्द दिने सुगन्ध दिने पवित्र रगतको,
सौन्दर्य हाम्रो जूनको जस्तो किरण पवित्र,
जूनमा हुन्छ कलङ्क, हुन्न सतीको मनभित्र,