Karyasheel Jindagi - Manjul, Aavaas, Meena Niraula, Yogendra Upadhyay
कार्यशील जिन्दगी - मंजुल, आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
Recorded live during 'Paleti with Manjul: Paleti with Songs and Poems of Manjul - September 2019'
Singer: Manjul, Aavaas, Meena Niraula, Yogendra Upadhyay
Composer: Raamesh
Lyricist: Manjul
Original Singer: Raamesh

गायक: मंजुल, आभास, मीना निरौला, योगेन्द्र उपाध्याय
सङ्गीत: रामेश
शब्द: मंजुल
मूल गायन: रामेश
Lyrics
Nepali
Transliterated
Translated

कार्यशील जिन्दगी बगी रहने नदी हो

जुन नदीमा बग्दै जाँदा कहिले फोहोर भेटिन्छन्
जुन नदीमा बग्दै जाँदा कहिले फूल भेटिन्छन्

जुन नदीमा बग्दै जाँदा कहिले भंगालो फाट्दछन्
जुन नदीमा बग्दै जाँदा कहिले दोभान भेटिन्छन्

पुर्खाहरू भन्ने गर्छन् बग्छ यसैले यो नदी हो
बग्ने पानी स्वच्छ हुन्छ बग्ने पानी सफा हुन्छ
भन्ने कुरा सत्य हो पुर्खाहरू भन्ने गर्छन्
कार्यशील जिन्दगी बगी रहने नदी हो