Kasari Ma Bhule - Bhim Birag
कसरी म भुलेँ - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Singer: Bhim Birag
Composer: Bhim Birag
Lyricist: Bhim Birag
Original Singer: Narayan Gopal

सङ्गीत: भिम विराग
मूल गायन: नारायण गोपाल
मूर्द्धन्य गायक नारायण गोपालको स्वरमा सुप्रसिद्ध बनेको गीतलाई सोही गीतका गीतकार र संगीतकारकै कण्ठमा सुन्दा अर्कै आनन्द !!!
Lyrics
Nepali
Transliterated
Translated

कसरी म भूलें केमा म भूलें
तिम्रो ओठमा कि मुस्कानमा केमा म भूलें
कसरी म भूलें केमा भूलें

पानी भित्र डुबी बस्छ चन्द्रमाको छाया
सपना भित्र मन भूल्छ मन भित्र माया
तिम्रो रुपमा कि रङ्गमा केमा म भूलें
कसरी म भूलें केमा भूलें

गहिराईमा सागर भूल्छ सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले केमा म भूलें
कसरी म भूलें केमा भूलें

जूनलाई आकाशलाई प्यारो आकाशलाई धरा
जता जता तिमी हुन्छौ उतै हराभरा
तिम्रो प्रितले कि गीतले केमा म भूलें
कसरी म भूलें केमा भूलें