Kasari Ma Bhule-2 - CK Rasaili, Meena Niraula
Recorded live during 'Paleti with CK Rasaili - April 2013'
Composer: CK Rasaili
Lyricist: Bhim Birag
Original Singer: Gauri Malla

सङ्गीत: सिके रसाइली
मूल गायन: गौरी मल्ल
Lyrics
Nepali
Transliterated

कसरी म भूलें केमा म भूलें
तिम्रो ओठमा कि मुस्कानमा केमा म भूलें
कसरी म भूलें केमा भूलें

पानी भित्र डुबी बस्छ चन्द्रमाको छाया
सपना भित्र मन भूल्छ मन भित्र माया
तिम्रो रुपमा कि रङ्गमा केमा म भूलें
कसरी म भूलें केमा भूलें

गहिराईमा सागर भूल्छ सागरमा पानी
तिमीलाई खोजी बस्छ आँखाका यी नानी
तिम्रो साथले कि बातले केमा म भूलें
कसरी म भूलें केमा भूलें

जूनलाई आकाशलाई प्यारो आकाशलाई धरा
जता जता तिमी हुन्छौ उतै हराभरा
तिम्रो प्रितले कि गीतले केमा म भूलें
कसरी म भूलें केमा भूलें