Kati Baat Sahe - Dawa Gyalmo
कति बात सहेँ - दावा ग्याल्मो
Recorded live during 'Paleti with Dawa Gyalmo - September 2006'
Singer: Dawa Gyalmo
Composer: Ramesh Gurung
Lyricist: Rajendra Sara

सङ्गीत: रमेश गुरुङ
शब्द: राजेन्द्र सारा
Lyrics
Nepali
Transliterated

कति बात सहेँ कति घात सहेँ
मायाले संसार ढाकेको बेला
डाह गर्नेहरूको भीडमा
रुन्थेँ एक्लै खोलाको तीरमा
कति बात सहेँ कति घात सहेँ

आँखामा लुकाइ राखेको थिएँ
मुटुमा सजाइ हाँसेको थिएँ
सँगै बाँच्ने प्रण गरेर
दरिलो साथी बनेको थिएँ
कति बात सहेँ कति घात सहेँ

समयले अचानक कोल्टे फेर्दा
चुपचाप दिनरात कल्पी रहेँछु
तिमी बिना किन हो किन
यो मनमा फेरि घाम लागेन
कति बात सहेँ कति घात सहेँ
मायाले संसार ढाकेको बेला
डाह गर्नेहरूको भीडमा
रुन्थेँ एक्लै खोलाको तीरमा
कति बात सहेँ कति घात सहेँ