Kati Bujhau - Balaram Samal
कति बुझाऊँ - बलराम समाल
Recorded live during 'Paleti with Karma Yonjan - January 2010'
Singer: Balaram Samal
Composer: Karma Yonjan
Lyricist: Karma Yonjan
Original Singer: Kumar Subba

गायक: बलराम समाल
सङ्गीत: कर्म योञ्जन
मूल गायन: कुमार सुब्बा
संगीतकार कर्म योञ्जनले आफ्ना अधिकांश सांगीतिक धुनलाई गायक कुमार सुब्बाको स्वरमा रेकर्ड गराएका छन् । सन् २००६ मा पलेँटीमा यी दुबै कलाकार एकसाथ प्रस्तुत भएका थिए । सन् २०१० मा भने कर्म योञ्जन पुन: एकल कम्पोजरका रुपमा प्रस्तुत भएका हुन् । त्यसबखत गायनमा बलराम समाल लगायत मीना पोखरेल, सुरज थापा र एन्जिला सिंहले साथ दिएका थिए ।
Lyrics
Nepali
Transliterated

कति बुझाऊँ यो दुनियाँलाई
कति भिजाऊँ यो आँखालाई
कति रोकूँ आँधीबतास
कति बाँधूँ यो जिन्दगी

पानी भए त सुकाइदिन्थें
आँसु नै हो र बहाइदिएँ
ढुङ्गा भए त फुटाइदिन्थे
मुटु नै हो र लुकाई राखें

सपना भए त बिर्सिदिन्थें
बिपना हो र आफैँ तर्सें
मूर्ति भए त तोडिदिन्थें
मान्छे नै हो र माया गरें