Ke Bhanu Kasto - Bhim Birag
के भनुँ कस्तो - भिम विराग
Recorded live during 'Paleti with Bhim Birag - February 2006'
Lyrics
Nepali
Transliterated

के भन्नु कस्तो छ यहाँ जिन्दगी
धेरै नै सस्तो छ यहाँ जिन्दगी

आँसु सुकिसकेको आँखा जस्तो छ यहाँ जिन्दगी
हरेक दिन पहिरो जाने पाखा जस्तै छ यहाँ जिन्दगी
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भन्नु कस्तो छ यहाँ जिन्दगी

पाइला पिच्छे एउटा घुम्ति घुमे जस्तो छ यहाँ जिन्दगी
जहाँबाट हिंड्यो त्यही पुगे जस्तो छ यहाँ जिन्दगी
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भन्नु कस्तो छ यहाँ जिन्दगी

हत्केलाको रेखा जस्तै केरमेट छ यहाँ जिन्दगी
आफूलाई आफैले नै खोजे जस्तो छ यहाँ जिन्दगी
धेरै नै सस्तो छ यहाँ जिन्दगी
के भन्नु कस्तो छ यहाँ जिन्दगी