Kun Papile - Sangita Pradhan
कुन पापीले - संगीता प्रधान
Recorded live during 'Paleti with Sangita Pradhan - November 2007'
Composer: Gurudev Kamat
Lyricist: Kali Prasad Rijal

सङ्गीत: गुरुदेव कामत
शब्द: काली प्रसाद रिजाल
संगीता प्रधान पूर्वीय शास्त्रीय संगीतमा दीक्षित कलाकार हुन् । त्यसैले उनको गायकीमा त्यसको प्रत्यक्ष र मधुर झलक पाइन्छ ।
Lyrics
Nepali
Transliterated

कुन पापीले कुन निठुरीले लुटी दियो फूलबारी
कुल्चि कुल्चि माडी माडी फूल दियो सब झारी

कलिला बिरुवा सम्म भनेन क्रन्दन विन्ती केही सुनेन
हेर्दाहेर्दै क्षणभरमा नै वाग दियो नि उजाडी

लटीपटी आफ्नो यही फूल थियो जीवनमा आशाको दियो
पलभरमा नै चुडी लग्यो सब आज भएँ म भिखारी

चरा चुरुङ्गी रोइरहन्छन् सबले खोई सोधी रहन्छन्
भन्छन् कुन व्याधाले निर्मम हान्यो सबकन टुहुरो पारी