Laau Maya Chokho Manle - Sunita Subba
लाऊ माया चोखो मनले - सुनिता सुब्बा
Recorded live during 'Paleti with Sunita Subba - June 2011'
Singer: Sunita Subba
Composer: Dibya Khaling
Lyricist: Dibya Khaling
Original Singer: Pavitra Subba

सङ्गीत: दिब्य खालिङ
शब्द: दिब्य खालिङ
मूल गायन: पवित्र सुब्बा
Lyrics
Nepali
Transliterated
Translated

लाउ माया चोखो मनले ओंठले नफकाऊ
बैंस आयो भनी फुर्की धेरै साथी नडुलाऊ
जीवनभरको साइनो जोडी एउटैलाई आफ्नो बनाऊ
हैन भने जोगी भई मनको लड्डु मनमै खाऊ

के हो माया के हो के हो कसरी बुझाउ तिमीलाई
मनमा माया भए पनि थाहा छैन माया के हो
कोही भन्छ यो नराम्रो, कोही भन्छ धेरै राम्रो
पाउने अनि नपाउने दुबै पछुताउने के हो
आइयूनी आमै यसले सबलाई सतायो

यही मायाको खेलभरि कोही यहाँ ठूलो भए
यही मायाको भेलपरि कोही यहाँ धूलो भए
नभई नहुने यस्तो भए पनि कस्तो कस्तो
मान्छेलाई चाहिने माया दामी हो कि सस्तो हो
भनी देउनी बाबै बरु माया यस्तै हो .....