पुरुष ः लेक हेर कति राम्रो
नारी ः तिम्रो छातीजस्तो छैन
पुरुष ः बेसी हेर झनै राम्रो
नारी ः तिम्रो काखजस्तो छैन
नारी ः यस्तो लाग्छ तिमी घाम,
बिहानको शीत हुँ म
तिम्रो साथ बतास हो
बादलको हुल हुँ म
पुरुष ः बल्दो आगो देख्दछु म
तिम्रो छेउ पानी पनि
तिमी मेरो कमजोरी हौ
तिमी मेरो आँट पनि
नारी ः फूल हेर कति राम्रो
पुरुष ः तिम्रो रूपजस्तो छैन
नारी ः नदी हेर झनै राम्रो
पुरुष ः तिम्रो चुल्ठीजस्तो छैन
पुरुष ः लजाएर बस तिमी
जिस्क्याउन नछोडूँ म
जिस्क्याएकै जस्तोगरी
तिमीलाई अँगालुँ म
नारी ः रिसाएर बस तिमी
फकाएर नथाकूँ म
थकाईको निहुँ गरी
तिम्रै काख निदाऊँ म
पुरुष ः ताल हेर कति राम्रो
नारी ः तिम्रो आँखाजस्तो छैन
पुरुष ः झर्ना हेर झनै राम्रो
नारी ः तिम्रो हाँसोजस्तो छैन