Recorded live during 'Paleti with Dinesh Adhikari - August 2010'
Composer: Gopal Yonjan
Lyricist: Dinesh Adhikari
Original Singer: Sunita Subba, Deep Shrestha

सङ्गीत: गोपाल योन्जन
मूल गायन: सुनिता सुब्बा, दीप श्रेष्ठ
Lyrics
Nepali
Transliterated

पुरुष    ः लेक हेर कति राम्रो
नारी    ः तिम्रो छातीजस्तो छैन
पुरुष    ः बेसी हेर झनै राम्रो
नारी    ः तिम्रो काखजस्तो छैन

नारी    ः यस्तो लाग्छ तिमी घाम, 
     बिहानको शीत हुँ म
     तिम्रो साथ बतास हो
     बादलको हुल हुँ म

पुरुष    ः बल्दो आगो देख्दछु म
     तिम्रो छेउ पानी पनि
     तिमी मेरो कमजोरी हौ
     तिमी मेरो आँट पनि
नारी    ः फूल हेर कति राम्रो
पुरुष    ः तिम्रो रूपजस्तो छैन
नारी    ः नदी हेर झनै राम्रो
पुरुष    ः तिम्रो चुल्ठीजस्तो छैन

पुरुष    ः लजाएर बस तिमी
     जिस्क्याउन नछोडूँ म
     जिस्क्याएकै जस्तोगरी
     तिमीलाई अँगालुँ म
नारी    ः रिसाएर बस तिमी
     फकाएर नथाकूँ म
     थकाईको निहुँ गरी 
     तिम्रै काख निदाऊँ म

पुरुष    ः ताल हेर कति राम्रो
नारी    ः तिम्रो आँखाजस्तो छैन 

पुरुष    ः झर्ना हेर झनै राम्रो
नारी    ः तिम्रो हाँसोजस्तो छैन