म अचानक नै अडेँ फूल पनि तर्सिदियो
पछि हेरेँ भूल थियो भूल पनि झर्किदियो
हिजै त हो मेरो ओठ फूलको थुँगा जस्तो थियो
उसले भन्थ्यो यो आँखामा मदिराको प्याला थियो
म अञ्जानमै रूकेँ धरतिलाई भार भयो
अघि हेरेँ प्रीति थियो जोवन तर झरिदियो
म अचानक नै अडेँ
टोल्दा टोल्दै विरानीमा सबले सोध्छ किन आयौ
सुखको साँझमा के भनेर विरहको गीत गायौ
म अनायश नै रुकेँ साँझ पनि मन्द भयो
अघि हेरेँ गाउँ नै थियो आवाज तर बन्द भयो
म अचानक नै अडेँ फूल पनि तर्सिदियो
पछि हेरेँ भूल थियो भूल पनि झर्किदियो
म अचानक नै अडेँ